Logo

सांसद आलेको व्यङग्य : अर्थ मन्त्रालयकाे तार काट्ने मुसा पशुपतिमा छिरेको हो ?

सांसद आलेको व्यङग्य : अर्थ मन्त्रालयकाे तार काट्ने मुसा पशुपतिमा छिरेको हो ?



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको भन्दै व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभाको आज (बिहीबार) को बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका आलेले यस्तो व्यङ्ग्य गरेका हुन्।

उनले भने, ‘गत वर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा यस वर्ष पशुपतिमा छिरेको छ । पहिलो पटक २०७९ माघ १४ गते तार काटियो । परिषद् सदस्यको संयोजकत्वमा छानबिन समिति गठन भयो । प्रतिवेदनले सत्यतथ्य पत्ता लगायो। तर, पर्यटन मन्त्रीले तार काट्ने मुसालाई नसमातेर उल्टै छानबिन समितिका संयोजक देवि बराललाई पुरस्कारस्वरूप सदस्यबाट हटाउने काम भयो ।’

उनले अगाडि भने, ‘प्रतिवेदन लुकाएर चोरलाई संरक्षण गरियो । त्यसपछि चोरले बल पाएर दोस्रो पटक २०७९ चैत १४ गते चोरी ग¥यो । त्यसपछि २९ गते पनि तार काट्यो । अनि घ्याम्पे दानपेटीका हरायो । मूर्ति तथा बहुमुल्य सम्पदा चोरिएको छ । कोषको अध्यक्ष र मन्त्री मस्त निद्रामा छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL