Logo

सीजी हस्पिटालिटीले नवलपुरमा सञ्चालनमा ल्यायो ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’

सीजी हस्पिटालिटीले नवलपुरमा सञ्चालनमा ल्यायो ‘मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट’



काठमाडौं । सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट आम अतिथीहरुकालागि सञ्चालनमाल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्टगल्फ प्रेमीहरूकालागिझनै आकर्षक गन्तब्यबन्ने विश्वास गरिएको छ ।

अध्यात्म, शान्ती र आनन्ददायीवातावरणका लागि यो रिसोर्ट नेपालको उत्कृष्ट सावित हुने सीजी हस्पिटालिटीको विश्वास छ । सीजी इन्डस्ट्रियल पार्क भित्र सून्दर गल्फ मैदानसँगै सञ्चालनमा आएको मिरायाका अतिथीहरूले गल्फको विशेष मज्जा लिन पाउनेछन् । साथै, शाश्वतधामका दर्शनार्थीहरूका लागि समेत यो रिसोर्ट उत्तिकै सुविधाजनक सावित हुनेछ ।

‘वेलनेश, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनको लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेश एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु । चौधरी ग्रुपका प्रवन्ध निर्देशक एवं सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राहुल चौधरीले भने, ‘मिराया रिसोर्ट सीजी हस्पिटालिटीको मुख्य सिद्धान्तहरुलाई मुर्तरुप दिनेगरि तयार गरिएको छ । यहाँ हाम्रा पाहुनाहरुले फरक अनुभुति गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

यो रिसोर्टलाई नेपालको वेलनेस, आध्यात्मिक शान्ति सहित साहसिककार्यको लागि नेपालकोविशेष रिसोर्टका रुपमा लिइएको छ । मनमोहक देवचुलीपर्वतको फेदमाअवस्थित यो रमणीय गन्तब्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साहीयात्रुहरुका लागिपनि उत्कृष्टगन्तब्य बन्ने विश्वास लिइएको छ ।

मिरायामा अतिथिहरूले आफ्नो मनोरञ्जनका आवश्यकताहरू पूरा गर्ने विभिन्नगतिविधिहरू र अन्य सुविधाहरू प्राप्तगर्न सक्नेछन् । रिसोर्टमा स्विमिङ् पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । साथैवाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेलहरू जस्ताखास सुविधाहरु प्नि रिसोर्टमा छन् । यहाँ देशको शीर्ष श्रेणीमा रहेको गल्फ कोर्स छ जसका कारण गल्फ खेल्न रुचि भएका मानिसहरुका लागिपनि मिराया उत्कृष्ट गन्तब्यबन्नेछ ।

मिराया गल्फ एण्ड वेलनेस रिसोर्ट नेपालको ‘बेस्ट केप्ट सेक्रेट’को रूपमा प्रख्यात छ । आरामदायी रुपमा बस्न मन पराउँने अतिथी वा उनीहरुको अनुभवलाई प्रयोग गर्न चाहनेहरुका लागि रिसोर्टमा अनसाइट खेल विशेषज्ञहरू यस कार्यका लागि समर्पित छन्।् । रमणीय जङ्गल र प्रकृतिले घेरिएको यस रिसोर्टले आफ्नो बलियो पर्यावरण–मैत्री दृष्टिमा गर्व गर्दछ ।

रिसोर्टले विभिन्न प्रकारका डाइनिङविकल्पहरू प्रस्तुत गरेको छ । वेलनेस वेगनएलाइभ रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्प यहाँ उपलब्ध छन् ।

काठमाडौंदेखि पश्चिम, चितवनको सामिप्यमा रहेको मिरायाबाट देवचुली पर्वतको अविरल दृश्यपान गर्न सकिन्छ । भगवानबुद्धको जन्मस्थल लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता उल्लेखनीय गन्तव्यहरूबाट नजिकको दूरीमा छ ।

मिरायामा पुग्न यात्राका धेरै विकल्प उपलब्ध छन् । यो रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । साथै, निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिन्छ ।

रिसोर्ट विवाह, कर्पोरेट मिटिङ एवं अन्यगतिविधि र निजी योग रिट्रीटहरू सहित विभिन्न कार्यक्रमहरू होस्ट गर्न पनि सुसज्जित बनेको छ । आध्यात्मिक अनुभव खोज्नेहरूका लागि मिरायाले शाश्वतधामको मन्दिर भ्रमण, पूजा र अन्य धार्मिक गतिविधिहरु पनि उपलब्ध गराउदछ ।

सीजी हस्पिटालिटीका बारेमा

सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजीकर्प ग्लोबलको मातहतमा तीब्र गतिमा विस्तार भइरहेको एक प्रतिष्ठितआतिथ्य सत्कार कम्पनी हो । हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाता भित्र ताज सफारी, भीभान्ता, जेटविङ, इक्होे, फेयरमन्ट, ¥याडिसन, द फर्न, समिट र द फार्म जस्ता प्रमुख आतिथ्य ब्रान्डहरू रहेका छन्। ।

हाल नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत संचालित १५९ ओटा होटलहरु रहेका छन् जहाँ ८८६३ कोठाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL