Logo

सुनको मूल्य ओरालो बाटोमा, यस्तो छ आजको बजारभाउ

सुनको मूल्य ओरालो बाटोमा, यस्तो छ आजको बजारभाउ



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) पनि घटेको छ । बुधबार प्रिितलो ९०० रुपैयाँले घटेको सुनको मूल्य आज ८ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले घटेर १ लाख ११ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL