Logo

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ९०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै मंगलबारको तुलनामा प्रतितोला ९०० रुपैयाँ घटेको जनाएको हो । यससँगै, बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ कायम छ ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम थियो । यस्तै, बुधबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।

मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको थियो ।सोमबारको तुलनामा ३०० रुपैयाँले बढेर सुनको मूल्य कारोबारमा आएको महासंघले जनाएको थियो ।

तर, बुधबार एकै दिन तोलामा ९०० रुपैयाँले घटेर कारोबारमा आएको हो । यस्तै, बुधबार चाँदीको मूल्य समेत २५ रुपैयाँले घटेको छ । यससँगै, चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL