Logo

चाइना इन्टरनेशनल कार्पेट मेलामा गलैचाँ निकासीकर्ता संघ ‘उत्कृष्ट संगठन’, अधिकांश गलैँचा विक्री

चाइना इन्टरनेशनल कार्पेट मेलामा गलैचाँ निकासीकर्ता संघ ‘उत्कृष्ट संगठन’, अधिकांश गलैँचा विक्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चीनको छिंगाईमा आयोजीत २०१६ चाइना इन्टरनेशनल कार्पेट एक्जिवीशनमा नेपाल गलैँचा निकासीकर्ता संघ उत्कृष्ट संगठन उपाधिबाट सम्मानित भएको छ । सो सम्मान संघले तेस्रो पटक पाएको हो ।

नेपाल सरकार वाणिज्य मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा संघले नेपालको सहभागिताको नेतृत्व गरेको थियो । नेपाली सहभागीहरुको तर्फबाट संघका अध्यक्ष अनुपबहादुर मल्लले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

सो अवसरमा आयोजित छलफलहरुमा उनले नेपाल र चीनबीच हुने व्यापारमा बैंकिङ च्यानलमा गरिने भुक्तानी प्रणालीलाई सहज बनाउन नेपालमा चिनीयाँ बैंकको शाखा खोल्नुपर्ने बताए । अथवा नेपाल राष्ट्र बैंकसँग मिलेर उचित व्यवस्था मिलाई युयान चीनमा डिपोजिट गरेर नेपालमा सजिलै भुक्तानीको व्यवस्था मिलाउनु पर्ने बताए । ‘ यसो भएमा दुई देशबीचको व्यापारको सही दृष्टि देख्न सकिने र देखिएको व्यापार घाटामा कमी देखिने छ ।

मेलामा नेपालबाट लगिएका ९० प्रतिशत गलैँचा विक्री भएका थिए । पुरस्कार समारोहमा संघका दुई सदस्य कम्पनी फिश्टेल रग्स प्रालि र रेन्बो कलेक्सन नेपाल प्रालिले एक्टिभ पार्टीसिपेशनको अवार्ड प्राप्त गरेको थियो । त्यस्तै रोल्पा कार्पेट इण्टष्ट्रिजलाई गत बर्षको सहभागितामा विक्री गरेको आधारमा उत्कृष्ट विक्री विक्रेताको उपाधि प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL