Logo

बन्दको प्रभाव सामान्य, निर्वाद रुपमा चल्न थाले सवारीसाधन

बन्दको प्रभाव सामान्य, निर्वाद रुपमा चल्न थाले सवारीसाधन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेत्रविक्र चन्द माओवादीले आज नेपाल बन्दको घोषणा गरेपनि त्यसको प्रभाव सामान्य मात्र रहेको छ । विहान केही सवारीसाधन तोडफोड गरेपनि १० बजेपछि सामान्य रुपमा सवारीसाधन चल्न थालेका छन् ।

बन्दको प्रभाव बढी हुने काठमाडौंमा सवारीसाधनहरु निर्वाद रुपमा चल्न थालेका छन् । विशेषगरी निजी सवारीसाधन र ट्याक्सीहरु सहजरुपमा चल्न थालेका छन् । बन्दकर्ताले विहान कोटेश्वर लगायतका स्थानमा ट्याक्सी जलाउनुका साथै, केही मोटरसाइकलमा तोडफोड गरेका थिए ।

हाल काठमाडौंमा निजी देखि यात्रुवाहक सवारीसाधनहरु निर्वाद रुपमा चल्न थालेको नेपाल प्रहरीका प्रवक्ता नरेशमान श्रेष्ठले बताए । ‘प्रहरी सवारीसाधनलाई सुरक्षा दिनुका साथै बन्दकर्तालाई समातेका छन्,’ उनले भने, ‘तसर्थ काठमाडौंमा सहज रुपमा सवारीसाधन चलिरहेका छन् ।’ अघिपछिको तुलनामा सवारीसाधन चल्ने क्रम केही कम भएपनि विर्नादरुपमा चलिरहेको उनले जानकारी दिए । चन्द माओवादीले आजको नेपाल बन्दलाई ठप्प पार्ने बताएपनि त्यसको कुनै प्रभाव रहेन ।

प्रतिक्रिया दिनुहोस्
MBL