Logo

दर्ता नविकरण नगरी संचालन भएका दुई अस्पताल काठमाडौं महानगरपालिकाद्वारा सिल

दर्ता नविकरण नगरी संचालन भएका दुई अस्पताल काठमाडौं महानगरपालिकाद्वारा सिल



काठमाडौं । काठमाडौंमा संचालित दुई अस्पतालमा काठमाडौं महानगरपालिकाले सिल लगाएको छ । दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको भन्दै महानगरपालिकाको टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

महागरपालिकाको स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो ।

अनुगमनका क्रममा दुवै अस्पताल लामो समयदेखि दर्ता नवीकरण नगरी सञ्चालन भइरहेको पाइएको महानगरले जनाएको छ । महानगरका अनुसार अस्पताल भित्र सञ्चालित फार्मेसी विना दर्ता सञ्चालन भइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्