Logo

धितोपत्र बोर्डको संचालकमा सुरकृष्ण वैद्य नियुक्त

धितोपत्र बोर्डको संचालकमा सुरकृष्ण वैद्य नियुक्त



काठमाडौं । नेपाल धितोपत्र बोर्डको संचालकमा सुरकृष्ण वैद्य नियुक्त भएका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वैद्यलाई बोर्डको संचालक समिति सदस्यमा नियुक्त गरेको हो ।

बोर्डमा निजी क्षेत्रको तर्फबाट महासंघको वरिष्ठ उपाध्यक्ष वा उपाध्यक्षमध्ये १ जना संचालक हुन पाउने व्यवस्था रहेको छ । सोहीअनुरुप यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ संचालक रहेका थिए ।

तर महासंघमा नयाँ कार्यसमिति चयन भएसँगै महासंघ अध्यक्ष ढकालले वैद्यलाई बोर्डको संचालक समितिमा सिफारिस गरेका हुन् ।

महासंघले उनलाई संचालकमा नियुक्त गर्न बाेर्डलाई जेठ १८ मै पत्राचार गरिसकेको महासंघ स्राेतले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
MBL