Logo

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ पुगेको हो । अर्थात सोमबार आईतबारको तुलनामा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँको गिरावट आएको छ । नेपाली बजारमा सोमबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्