Logo

साल्ट ट्रेडिङले १० प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने,चिनी आयात प्रक्रिया अघि बढाइदै

साल्ट ट्रेडिङले १० प्रतिशत नगद र १५ प्रतिशत बोनस सेयर दिने,चिनी आयात प्रक्रिया अघि बढाइदै


बिजखबर संवाददाता
0
Shares

साल्ट ट्रेडिङ कर्पोरेशनले १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने निणर्य गरेको छ । कर्पोरेसनको बुधवार सम्पन्न ४९ औं वार्षिक साधारण सभाले यस्तो निणर्य गरेको हो ।

सो अवसरमा कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले आ.व.२०७१।०७२को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवधिमा कर्पोरेसनले रु.६ अर्ब ९६ करोडको कारोबार गरेको उनले जानकारी दिए । त्यस्तै चालु आर्थिक बर्षको बैशाख मसान्तसम्म रु.४ अर्ब ८५ करोडको कारोबार गरिसकिएको बताइएको छ । उक्त वर्ष कर्पोरेशनले कुलमुनाफा रु.५६ करोड ९ लाखआर्जन गर्न सफल भएको थियो ।

कर्पोरेशनलाई ८५ हजार मेट्रिक टन रासायनिक मलको कारोबार गर्न इजाजत दिएकोमा ५० हजार मेट्रिकटन आयात गरिसकेको र बांकी ३५ हजार मेट्रिकटन रासायनिक मल आयात प्रक्रियामा रहेको उल्लेख गरे ।

भुकम्प पछि कर्पोरेशनले आपूर्ति व्यवस्थामा अहोरात्र लागि व्यवस्थित गर्दै आएको र अमेरिकी कम्पनीसंग व्यवसायिक एवं प्राविधिक सहकार्यमा भुकम्प प्रतिरोधि प्रविधिमा आधारित भवनहरु निमार्ण गर्ने उद्देश्यका साथ फ्युचर वर्कस प्रालिसँगको संयुक्त लगानीमा स्थापनागरि कर्पोरेशन निमार्ण क्षेत्रमा प्रवेश गरेको छ ।

साथै कर्पोरेसनले हालै ३० हजार मेट्रिकटन चिनी आयातको प्रक्रिया अघि बढाएको छ । चिनीको बजार अनियन्त्रितभई रु.८०।८५ प्रति के.जी. पुगेको अवस्थामा नेपाल सरकार मन्त्री परिषदबाट भर्खरै ३० हजार मेट्रिक टन चिनी १ प्रतिशत भंसार सुविधामा आयात गरी बिक्रीवितरण गर्न दिन निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL