Logo

आइएलओ बैठकलाई उपाध्यक्ष गोल्छाद्वारा सम्बोधन, आर्थिक बृद्धि र गरिवी निवारण साझा मुद्दा

आइएलओ बैठकलाई उपाध्यक्ष गोल्छाद्वारा सम्बोधन, आर्थिक बृद्धि र गरिवी निवारण साझा मुद्दा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १ सय ५ औं बैठक शत्रमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले सम्बोधन गरेका छन् । सो अवसरमा उनले नेपालको लागि संविधान सभाबाट नया“ संविधान जारी हुनु ऐतिहासिक उपलब्धी भएको बताए ।

नेपालको रोजगारदाता प्रतिनिधिको रुपमा भाग लिएका उपाध्यक्ष गोल्छाले अव नयां संविधानको कार्यान्वयन तथा आर्थिक विकासका लागि उपयुक्त वातावरण आवश्यक भएको जानकारी दिए ।

गत वर्षको विनासकारी भुकम्प, तत्पश्चात सिमा क्षेत्रमा उत्पन्न लामो अवरोधका कारण नेपालको आर्थिक वृद्धिदर निकै तल झरेको उल्लेख गर्दै आर्थिक वृद्धि र थप रोजगारि सृजना गर्न निजी क्षेत्र थप क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गरे ।

श्रम सम्बन्धको विकासका लागि सरकार र ट्रेड युनियनसंग सहकार्य भैरहेको उल्लेख गर्दै उपाध्यक्ष गोल्छाले सामाजिक सुरक्षा विधेयक र श्रम ऐन संशोधन विधेयक संसदमा पेश भैसकेको र उक्त ऐनहरु छिट्टै पारित हुने विश्वास व्यक्त गरे ।

सामाजिक सुरक्षा प्रणालीको सुरुवातबाट श्रमिक कामदारको जीवनस्तरमा गुणात्मक सुधारका साथै औद्योगिक शान्ति र उत्पादकत्व वृद्धिमा बल पुग्ने उनले बताए ।

अन्तर्राष्ट्रिय श्रम संगठनका सदस्य राष्ट्रहरुबाट सरकार, रोजगारदाता र ट्रेड युनियन प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा सम्बोधनका क्रममा उपाध्यक्ष गोल्छाले आर्थिक वृद्धि, गरिवी निवारण र रोजगारी सृजना साझा मुद्दा रहेको बिचार व्यक्त गरे ।

स्वीजरल्याण्डको जेनेभामा चालु आइएलसीको उक्त बैठकमा श्रम मन्त्री दीपक वोहराको नेतृत्वमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष गोल्छा र ट्रेड युनियन महासंघका पदाधिकारीहरु सहितको नेपाली प्रतिनिधिमण्डलले भाग लिइरहेको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL