Logo

मेयर बालेन्द्र शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

मेयर बालेन्द्र शाहको कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा



काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । तत्कालीन ब्रिटिस शासकसँग सुगौली सन्धि गर्नुअघि नेपालले चर्चेको भूगोलको नक्सासहितको तस्वीर शाहले आफ्नो कार्यकक्षमा राखेका हुन् ।

केही दिनअघि उक्त नक्सा राखिएको शाहको सचिवालयले जनाएको छ । भारतले नयाँ संसद् भवनमा नेपालका लुम्बिनी र कपिलवस्तुसहितका भूगोल समेटेर अखण्ड भारतको नक्सा राखेपछि नेपालमा त्यसको विरोध भइरहेको छ ।

भारतको संसद्मा नेपालको भूगोलसहितको नक्सा राखिएको बारेमा संघीय सरकारले मौन देखिएका बेला बेला मेयर शाहले ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

भारतीय संसद्मा राखिएको नक्सबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका अधिकारीहरुसँग कुरा गरेको बताएका थिए । उता छिमेकी बंगलादेशले आफ्नो भूगोलसहितको नक्सा राखिएको विषयमा भारत सरकारसँग स्पष्टीकरण सोधिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL