Logo

प्रतितोला १ हजारले घट्यो सुनको मुल्य, चाँदीको मूल्य पनि ओरालो

प्रतितोला १ हजारले घट्यो सुनको मुल्य, चाँदीको मूल्य पनि ओरालो



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि सामान्य ओरालो लागेको छ । बुधबार नेपाली बजारमा प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज ५ रुपैयाँले घट्दै १४ सय १५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्