Logo

मेयर बालेनको ब्रसेल्स भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद वैठकका निर्णयहरू

मेयर बालेनको ब्रसेल्स भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद वैठकका निर्णयहरू



काठमाडौं । बुधबार बिहान मन्त्रिपरिष्द्को बैठक बसेको छ । बैठकले अत्यावश्यक सेवामा हडताल निषेध गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयको प्रस्तावमा आवश्यक सेवा संचालन नियमावली २०१४ को दफा ३ को उपदफा १ बमोजिम अत्यावश्यक सेवामा हडताल निषेध गर्ने बैठकले निर्णय गरेको हो ।

बैठकले काभ्रेको पाँचखालमा रहेको औद्योगिक ग्रामलाई महिला उद्यमी विशेष औद्योगिक ग्रामका रूपमा रूपान्तरण गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना हुने विश्वका महानगरपालिकाहरूको शिखर सम्मेलन तथा अर्बान समिटमा भाग लिन जान स्वीकृत दिने निर्णय समेत गरेको छ ।

यस्तै, बैठकले कालीमाटी तरकारी बजारको अध्यक्षमा सहसचिव मदन भुजेल नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा (१) बमोजिम आवश्यक सेवाको हड्ताल गर्न निषेध गरी आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय समेत भएको मन्त्री शर्माले जानकारी दिइन् ।

त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडलाई आयोजनाको टावर र राइट अफ वेको लागि रसुवा र नुवाकोट जिल्लामा रहेको राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिन तथा सो वन क्षेत्रमा रहेका रुखहरू हटाउन स्वीकृति दिने समेत निर्णय सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL