Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर



काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर छ । नेपाली बजारमा बुधबार चाँदी प्रतितोला १४ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि चाँदी नेपाली बजारमा सोही मूल्यमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्