Logo

करको दर हेरफेर भएको छैन, विचौलियालाई छेउमा पनि आउन दिएको छैन : अर्थमन्त्री महत

करको दर हेरफेर भएको छैन, विचौलियालाई छेउमा पनि आउन दिएको छैन : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी स्वार्थमा भएकाहरु आफ्ना पछि लागेको बताएका छन् । प्रतिनिधिसभाको वैठकमा उठेका विषयमा स्पष्टीकरण दिँदै उनले भने, ‘इमान्दारितामा एक इञ्च पनि हल्लिएको छैन । निजी स्वार्थ भएकाहरु पछि लागेका छन् । भएको यही हो ।’

उनले इमान्दार भएर काम गर्न कति कठिन हुँदोरहेछ भन्ने अहिले देखिएको बताएका छन् । ‘विचौलियालाई छेउमा पनि आउन दिएको छैन’, उनले भने, ‘विभिन्न फोरमबाट सुझाव दिए । हामीले सुनेका पनि छौँ । इमान्दार हुँदा प्रश्नमाथि प्रश्न उठ्दोरहेछ । एउटा पत्रिकाले समाचार पटक–पकट दोहो¥याउँछ । हामी त्यसलाई सत्यता ठान्छौँ । तर हामी कसम खाएर बसेकालाई पत्याउदैनौँ ।’

प्रतिक्रिया दिनुहोस्