Logo

साढे १५ अंकले बढ्यो नेप्से, १ अर्व १४ करोडको कारोवार

साढे १५ अंकले बढ्यो नेप्से, १ अर्व १४ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

, काठमाडौं । मंगलवार नेप्से परिसुचक १४ दशमलव ६९ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ३१ दशमलव ४९ अंकमा पुगेर बन्द भएको हो ।

मंगलवार बीमा समुहको परिसुचक सवैभन्दा बढी ८८ दशमलव ९३ अंकले उकालो लागेको छ । त्यस्तै सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक १६ दशमलव ९७ अंकले बढेको छ । यता विकास बैंक, अन्य र फाइनान्स समुहको परिसुचक क्रमशः १० दशमलव ८७,५ दशमलव ८८ र ४ दशमलव ९२ अंकले बढेको छ ।

यता होटल र जलविद्युत समुहको परिसुचक भने क्रमशः ३२ दशमलव ९४ र १४ दशमलव २८ अंकले ओरालो लागेको छ । मंगलवार १ सय ३३ कम्पनी कारोवारमा आएका थिए ।

ती कम्पनीको १६ लाख कित्ता सेयरबाट १ अर्व १४ करोडको कारोवार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL