Logo

आकाशमै अचानक ढोका खुलेपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्काइयो

आकाशमै अचानक ढोका खुलेपछि धनगढी उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्काइयो



काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा अचानक समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ । उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेपछि ३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो ।

प्राविधिक समस्याका कारण एक्कासी आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो ।

भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो । विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको उनले बताए । जहाजमा करिब ८० जना यात्रु रहेको र ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको एयरलाइन्सका कर्पोरेट म्यानेजर अनिल मानन्धरले बताए ।

प्रतिक्रिया दिनुहोस्