Logo

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । गत हप्ता हालसम्मकै उच्च पुगेको सुनको मूल्य पछिल्ला दिन केहि घटेको थियो । यसरी घट्दै सोमबारसम्म १ लाख ११ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य आज पुनः बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले उकालो लागेको छ । सोमबार प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १४ सय २० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्