Logo

जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोटका लागि सन्दीप लामिछाने अफ्रिका उडे

जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोटका लागि सन्दीप लामिछाने अफ्रिका उडे



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने अफ्रिका उडेका छन् । उनी गए राति कतार एयरवेजको विमानमार्फत त्यसतर्फ गएका हुन् । सन्दीप बाहेकको टिम यसअघि नै अफ्रिका पुगिसकेको छ ।

सन्दीपको मुद्दा अदालतमा विचाराधीन रहेका कारण उनी जान पाएका थिएनन् । तर, सन्दीपलाई पायक पर्ने गरी जिल्ला अदालत काठमाडौंले असार २९ गतेलाई पेशी तोकेपछि उनी अफ्रिका जान पाएका हुन् ।

जिम्बावेमा हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको तयारी गर्न नेपाली टिम अफ्रिका पुगेको हो । नेपाली टिमले अफ्रिकामा १० दिन अभ्यास गर्ने छ । त्यहाँ नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्ड तथा स्थानीय टिम गरी चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL