Logo

‘कोकाकोला, क्रिएसन र रिसाइक्लर साथीको हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न

‘कोकाकोला, क्रिएसन र रिसाइक्लर साथीको हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न



काठमाडौं । ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न भएको छ । कोकाकोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीको आयोजनामा ‘हाम्रो साइकल यात्रा’ र्‍याली शनिवार सम्पन्न भएको हो ।

खुलामञ्चबाट सुरु भएको र्‍याली दरबारमार्ग, नक्साल भगवती, पुतलीसडकहुँदै खुलामञ्चमा समापन भएको थियो । ‘हाम्रो साइकल यात्रा’ हरेक वर्ष फोहोर मैला व्यवस्थापनमा काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना हुँदै आएको छ ।

साइकल र्‍यालीमा करिब ३०० जना सहभागी भएका थिए । र्‍यालीमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, क्रिएसनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्र, क्रिएसनका सद्भावना दूत तथा बोर्ड मेम्बर अभिनेतृ केकी अधिकारी, अभिनेतृ शिल्पा मास्के लगायतको उपस्थिति थियो ।

र्‍यालीसंगै निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा फोहोर मैला कामदारहरूको निःशुल्क स्वास्थ्य, आँखा र दाँतको परीक्षण पनि गरिएको थियो ।

हाम्रो साइकल यात्रा एकताको प्रतीक हो । जहाँ सबै सरकारी तथा निजी संस्थाहरू, युवाहरू र फोहोर मजदुरहरू राष्ट्रको वातावरणीय चुनौतीहरू पहिचान गर्नका साथै स्वच्छ वातावरण कायम गर्न र फोहोर मजदुरहरूको उल्लेखनीय योगदानको कदर गर्न एकजुट हुन्छन् ।

यस ‘हाम्रो साइकल यात्रा’ २०२३, समिट एअर, मातृका आइ सेन्टर, समाज डेन्टल क्लिनिक, रिलाएबल डाएगोनोस्टिक ल्याबोरेटोरी, आइडियल फार्मा, साइकल सिटी नेटवर्क नेपाल, ग्रीन्वे नेपाल, साइकल कनेक्ट भक्तपुर, जुजु बाइक्स, लियो क्लब अफ काठमाडौं सौहार्द , लियो क्लब अफ काठमाडौं बिशालनगर र रोटर्याक्ट क्लब अफ पशुपति ल क्याम्पसको सहकार्यमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL