Logo

अडान अध्यक्षमा पुनः रेग्मी, ६८ सदस्यीय कार्यसमिति चयन (सूचिसहित)

अडान अध्यक्षमा पुनः रेग्मी, ६८ सदस्यीय कार्यसमिति चयन (सूचिसहित)


बिजखबर संवाददाता
0
Shares

नेपाल अडिटर्स एशोसिएशन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भएका छन् । आईतबार सम्पन्न निर्वाचनमा रेग्मीले आफ्ना निकटतम प्रतिद्वन्द्वी मोहन सुवेदीलाई २ सय ३ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन् । रेग्मीले २ सय ७५ मत प्राप्तगर्दा प्रतिद्वन्द्वी सुवेदीले ७२ मत प्राप्त गरेका थिए ।

महासंघको आइतबार भएको निर्वाचनमा ६८ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । जसमध्ये वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी र प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्विरोध निर्वाचित भएका छन् । यसैगरी, प्रादेशिक उपाध्यक्षहरुमा १ बाट प्रकाशनारायण चौधरी, २ बाट बद्रि भट्टराई, ३ बाट केदारनाथ पौडेल, उपत्यकाबाट दिनकरमानसिंह प्रधान, ४ बाट केशबहादुर केसी, ५ बाट अव्दुल करिम खां, ६ बाट हिमालय खत्री र ७ बाट कर्णबहादुर खडायत निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा डोलप्रसाद दाहाल निर्वाचित भएका छन् भने उपमहासचिवहरु मिरा श्रेष्ठ र झलकमणि लम्साल निर्विरोध निर्वाचित भएका छन् । ८ वटा सचिव पदमा गणेशराज राई, बलराम चौधरी, जयाकुमारी झा, सावित्री शर्मा, पोषराज नेपाल, गोबिन्दराज रेग्मी, भरतकुमार श्रेष्ठ, राजेन्द्र ढुंगाना निर्वाचित भएका छन् । अडानको कोषाध्यक्षमा केशव आचार्य र सहकोषाध्यक्ष प्रदिप यादव निर्विरोध चयन भएका छन् ।

केन्द्रीय सदस्यहरुमा प्रदेश नं. १ बाट महानन्द शर्मा गुरागाई, जयधर्म खनाल, राजनप्रसाद ढकाल प्रदेश नं. २ बााट मेघराज पौड्याल, शोभाकान्द झा, शिशिरचन्द्र गौतम, प्रदेश नं. ३ बाट रामजी अधिकारी, रोहितकुमार झा, उपत्यकाबाट भोलानाथ पाठक, गोविन्द खतिवडा, चन्द्रभक्त श्रेष्ठ, झनकराज ढुंगेल, प्रदेश नं. ४ बाट नारायणप्रसाद शर्मा, चन्द्रबहादुर सुवेदी, प्रदेश नं. ५ बाट वीरेन्द्र महरा, गणेश पहाडी, गोकर्ण आचार्य, प्रदेश नं. ६ बाट बलराम रेग्मी, प्रदेश नं. ७ बाट बासुदेव जोशी, हेमनारायणलाल देव निर्वाचित भएका छन् ।

महिला सदस्यहरु मेनुका पराजुली, अनिताकुमारी श्रेष्ठ, मायावादे श्रेष्ठ, सरस्वती श्रेष्ठ, अमिरालक्ष्मी तुलाधर, टिना सुवेदी, डा. जानकीकुमारी तुलाधर, राधीका ढकाल निर्वाचित भएका छन् भने जनजातिबाट विनोद चंखु, बिलबहादुर भुजेल, दलितबाट प्रेम बिश्वकर्मा, मधेशीतर्फ तुलाराम कुर्मी, रामलक्ष्ण राय, दिनानाथ रौनियार, परमेश्वर साह, महेन्द्र यादव निर्वाचित भए ।

खुलातर्फ सुनिल आचार्य, कामोद झा, शिवराज बराल, मधुसुदन भट्टराई, हरिबहादुर कार्की, दधिराम ढुंगाना, नेत्र ज्ञवाली र लिला भट्टराई निर्वाचित भएको अडानले जानकारी दिएको छ ।

अडानको नयाँ कार्यसमितिलाई आजै सपश खुवाइएको छ भने उक्त महाधिवेशनले १७ बुँदे धोषणापत्र समेत जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL