Logo

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १२ हजार ५ सय पुग्यो

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख १२ हजार ५ सय पुग्यो



काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको हो ।

बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मुल्य बिहीबार बढेर प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको हो । यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँको बढोत्तरी भएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १४ सय १० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्