Logo

दुई दिनमै ३९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

दुई दिनमै ३९ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । पछिल्ला दुई दिनमै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको सोमबार प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बुधबारसम्म आईपुग्दा बढेर १ लाख १२ हजार रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख १० हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्ट अर्थात बुधबार पुनः सुनको मूल्यमा १ हजार ५ सयको वृद्धि भएको हो ।

नेपाली बजारमा चाँदीको मूल्य पनि दुई दिनको अन्तरालमा ३५ रुपैयाँले बढेको छ । गएको सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्