Logo

भ्रमणअघि भारतलाई प्रधानमन्त्रीको उपहार, राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणिकरण

भ्रमणअघि भारतलाई प्रधानमन्त्रीको उपहार, राष्ट्रपतिले गरे नागरिकता विधेयक प्रमाणिकरण



काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरण गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण अघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्ड आज दिउँसो भारत भ्रमणमा जाँदैछन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL