Logo

लगानी बोर्डले आगामी हप्ता नयाँ सिइओ पाउँदै, कसले मार्ला बाजी ?

लगानी बोर्डले आगामी हप्ता नयाँ सिइओ पाउँदै, कसले मार्ला बाजी ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानीबोर्ड आगामी हप्ता नयाँ प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ । सिइओ नियुक्तीका लागि सम्पूर्ण प्रक्रिया पुरा भएको र अगामी हप्ताभित्र नियुक्तीका लागि मन्त्रिपरिषद्मा पेश गरिने सिईओ नियुक्ती सिफारिस कमिटिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । ‘हाल बजेटको विषयमा बहश भएकाले मन्त्रिपरिषद्मा सिफारिस गर्न ढिलाइ भएको हो,’ उनले भने, ‘अव तत्काल नियुक्ती गरिने छ ।’

सिईओ नियुक्तीका लागि ८ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम नामावलीमा ३ जना समावेश भएका छन् । जसमा महाप्रसाद अधिकारी, हालका सिइओ राधेश पन्त र सरोज कोइरालाको नाम अन्तिम लिष्टमा परेका छन् ।

बोर्डको सिईओ सिफारिसका लागि अर्थमन्त्री पौडेलको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडा र पूर्व सचिव केशव भट्टराइ सदस्य रहेका छन् ।

सिइओ नियुक्ती सिफासिरका लागि आफ्नो तर्फबाट सम्पूर्ण तयारी पुरा भएको कमिटिका सदस्य तथा योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले बताए । केही समयभित्रै मन्त्रिपरिषद्मा सिफारिस नयाँ सिइओ नियुक्ती गरिने उनको भनाइ छ ।

अहिलेको सरकार समिकरण र दक्षताका आधारमा पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारी नियुक्त हुने सम्भावना बढी रहेको छ । एमालेकै अर्थमन्त्रीले सिफासिर गर्ने र निर्णय लिने स्थानमा पनि एमाले नै भएका कारण उनी नियुक्ती हुने पक्का जस्तै छ ।

३ जनाको सिफारिसमा हालका सिइओ राधेश पन्तको नाम सिफारिस भएपनि उनी नियुक्त हुने सम्भावना कम रहेको स्रोतको भनाइ छ । आइएनजिओले बढी रुचाएको र भारतीय दवावका कारण उनलाई सिफारिस गरिएको उक्त स्रोतको दावी छ । यदि पन्तलाई नै नियुक्ती गर्ने भएको भए यो सरकारले नयाँ आवेदन नै माग्ने थिएन ।

तत्कालिन शुसिल कोइराला सरकारले पन्तलाई थप ४ वर्षको समय थप गरिसकेको थियो । त्यतिवेला कानुनी प्रक्रिया नमिलेको भन्दै केपी ओली सरकारले सो व्यवस्था खारेज गरी अर्को व्यवस्था नभएसम्मका लागि मात्र पन्तलाई सिइओ पद थमाएको थियो ।

त्यतिवेला महाप्रसाद अधिकारी, प्रकाश अवस्थी, राधेश पन्त, खड्गबहादुर विष्ट, सुरेन्द्रकुमार पौडेल, रमेशनाथ वास्तोला, सरोज कोइराला र विश्वलाल श्रेष्ठले आवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL