Logo

महासंघको व्यापार मेला समितिको सभापतिमा उमेश डालमिया नियुक्त, महासंघलाई नयाँ उचाईमा पुयाउने विश्वास

महासंघको व्यापार मेला समितिको सभापतिमा उमेश डालमिया नियुक्त, महासंघलाई नयाँ उचाईमा पुयाउने विश्वास



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार मेला समितिको सभापतिमा उमेश डालमिया नियुक्त भएका छन् । महासंघको कार्यकारिणी समितिको बैठकले उनलाई उक्त समितिको सभापतिमा मनोनयन गरेको हो । महासंघले उक्त मनोनयनको पत्र मंगलबार उनलाई प्रदान गरेको हो ।

डालमियालाई समितिको सभापतित्व हस्तान्तरण गर्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको छवी र प्रतिष्ठालाई अझ बढी सशक्त रुपमा अगाडी बढाउन महत्वपुर्ण योगदान दिने विश्वास रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL