Logo

त्रिभुवन विमानस्थलमा हानले बगैचाँ बनाउने, ३ महिना भित्र सक्ने लक्ष्य

त्रिभुवन विमानस्थलमा हानले बगैचाँ बनाउने, ३ महिना भित्र सक्ने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । होटल संघ नेपाल (हान) ले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल बागबगैंचा बनाउने भएको छ । विमानस्थलको प्रवेशद्धारमा बगैँचा बनाउनुका साथै सारसज्जा गरी सुसज्जित गर्न लागेको हो ।

हानले आफ्नो पचासौं वर्ष गाँठको अवसर पारेर १० लाख भन्दा बढी लगानीमा बगैंचा बनाउन लागेको हो । नेपाल भित्रिने पर्यटकहरुको स्वागतका लागि बगैंचा बनाउन लागेको हानले जानकारी दिएको छ ।

हालै एक कार्यक्रमवीच हान प्रथम उपाध्यक्ष अमरमान शाक्य र त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हानले आगामी ३ महिनाभित्र बगैचाँ निर्माण सक्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL