Logo

महोत्तरीमा दिनदहाडै लुटियो एनएमबी बैंक, प्रहरीद्धारा सर्च अभियान जारी

महोत्तरीमा दिनदहाडै लुटियो एनएमबी बैंक, प्रहरीद्धारा सर्च अभियान जारी



काठमाडौं । महोत्तरीमा हतियारधारी समूहले दिन दहाडै एनएमबी बैंकमा लुटपाट गरेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनले लुटिएको रकममा २३ लाख तलमाथि हुनसक्ने बैंकले जनाएको बताए ।

उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरेको पनि बैंकले जनाएको छ । बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । प्रहरीले अहिले विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL