Logo

मैले कुनै पक्षको फेवरमा बजेट बनाएको भेटिए अहिल्यै पद छोडेर बाहिरिन्छु : अर्थमन्त्री डा महत

मैले कुनै पक्षको फेवरमा बजेट बनाएको भेटिए अहिल्यै पद छोडेर बाहिरिन्छु : अर्थमन्त्री डा महत



काठमाडौं । अर्थमन्त्री डा। प्रकाश शरण महतले आगामी आर्थिक बर्षको बजेट कसैको पक्ष र विपक्षमा रहेर नबनाको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनमा उनले कुनै पनि उद्योगी व्यवसायीको पक्ष वा विपक्षमा बजेट नबनेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी आवको बजेट देशको हितको लागि मात्रै बनाइएको बताए । ‘बजेट पुर्णतया देशको हित र आर्थिक समृद्धिकै लागि मात्रै बनाइएको छ, यो कुनै उद्योगी व्यवसायीको फेवरमा छैन,’ उनले भने, ‘यदि कुनै पक्षको फेवरमा यो बजेट ल्याईएको भेटिए म अहिलै पद छोडेर जान्छु ।’

पत्रकार सम्मेलनमा पत्रकारहरुले विद्युतीय गाडीको भन्सार महशुल, अन्य केहि करका दायरा र छुटहरुमा भ्रष्टाचारको गन्ध आएको भन्दै प्रश्न राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्