काठमाडौं । बजेट सार्वजनिक हुनुभन्दै अघि नै विभिन्न मिडियामा आएको भन्दै विरोध गर्दै आएको नेपाली कांग्रेसले रातो किताव नपाएपछि पुनः संसद अवरोध गरेको छ ।
आजसम्म पनि रातो किताव नपाएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस सभासदहरुले संसद अवरुद्ध गरेको हो ।
बजेट आएको लामो समयसम्म पनि रातो किताब नपाएपछि कांग्रेसले विरोध गरेको हो । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले शनिबार सभासद्हरुलाई रातो किताव बाड्न आश्वासन दिएपनि सोही अनुरुप बाड्न नसकेकाले कांग्रेस सभासदहरुले त्यसको विरोध स्वरुप संसद अवरुद्ध गरेका हुन् ।
उक्त बैंठकमा सभामुख ओनसरी घर्ती मगरले तत्कालका लागि प्राविधिक कारण वितरण गर्न नसकेको बताएकी थिइन् । यता बजेटका महत्वपूर्ण सुचना पहिले नै चुहिएको भन्दै सो विषयमा छानविनका लागि समिति गठन गरिएको छ ।