Logo

चालु आवको बजेटको लक्ष्य पुन संसोधन, खर्च र राजस्वको अनुमान अझै घटाईयो

चालु आवको बजेटको लक्ष्य पुन संसोधन, खर्च र राजस्वको अनुमान अझै घटाईयो



सरकारले चालु आर्थिक वर्षको बजेटको अनुमान पुनः संसोधन गरेको छ । खर्च र राजस्व अनुमानलाई पुन घटाइएको हो । चालु आवमा सरकारल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको थियो । अर्थमन्त्रालयले बजेटको अर्थवार्षिक समिक्षा गर्दै त्यसलाई १३.५ प्रतिशतले घटाएर १५ खर्ब ४९ अर्ब ९९ करोडमा झारिएको थियो ।

आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवको बजेटलाई पुन ५ प्रतिशत बिन्दुले घटाएका हुन् । अर्थात, चालु आवमा कुल बजेटको करीब ८३ प्रतिशत खर्च हुने संसोधित अनुमान गरिएको हो ।

अर्धवार्षिक समिक्षाले चालुतर्फ १३.६३ प्रतिशत, पुँजीगततर्फ १७.४९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ६.९५ प्रतिशतले कम खर्च हुने अनुमान गरिएको छ । अर्थमन्त्रीले अब चालु खर्च ८८.१८ प्रतिशत, पुँजीगत खर्च ६७.९१ पतिशत र वित्तीय व्यवस्थातर्फ ८८.२९ प्रतिशत खर्च हुने संसोधित अनुमान गरेका हुन् ।

कुल १४ खर्ब ३ अर्ब १४ करोड राजस्व संकलन हुने लक्ष्यलाई संसोधन गरेर १२ खर्ब ४४ अर्ब ७५ करोडमा झारिएको थियो । १ खर्ब ५८ अर्बले कम राजस्व उठ्ने संसोधित अनुमान गरिएको थियो । त्यसलाई पनि अझ घटाएर अब कुल लक्ष्यको ८४ प्रतिशत मात्रै राजस्व उठ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्