Logo

औद्योगिक सीप प्रशिक्षण गोष्ठी, दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य अपरिहार्य

औद्योगिक सीप प्रशिक्षण गोष्ठी, दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य अपरिहार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । औद्योगिक सीप प्रशिक्षण (अप्रेण्टिशिप) सम्बन्धि तीन दिने कार्यशाला गोष्ठी शुक्रवार सम्पन्न भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदद्वारा आयोजित “सफल अप्रेन्टिशिप तालीम पद्धति को दिशामा नेपाल“ बिषयक यस कार्यशाला गोष्ठी जेठ १८ गतेदेखि शुरू भएको थियो ।

अप्रेण्टिशिप तालीमका बारेमा सहभागीहरूलाई जानकारी गराउने उद्देश्यका साथ गोष्ठीको आयोजना गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सिटिइभीटीका सदस्य(सचिव डा. रामहरि लामिछानेले कार्यशाला अप्रेन्टिशिप तालीमलाई व्यवहारमा लागू गर्न पहिलो कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

साथै उनले सीपयुक्त जनशक्ति उत्पादनमा सरकार, उद्योग प्रतिष्ठानहरू र सीप तालीम प्रदायक संस्थाहरू बीचको सहकार्यको अपरिहार्यतामा जोड दिए ।
यस गोष्ठीमा नेपाल निर्माण व्यवसायी महासंघ, होटल व्यवसायी महासंघ, निर्माण तथा पर्यटन क्षेत्रका उद्योग(प्रतिष्ठान, सीप तालीम प्रदायकहरूका प्रतिनिधिलगायत उपस्थित थिए ।

त्यसैगरी स्विस विकास नियोग एसडिसी, हेल्भेटास इन्टरको अपेरसन नेपाल, राष्ट्रिय व्यवसायिक योग्यता प्रणाली परियोजनाका प्रतिनिधिहरू समेत सहभागी थिए ।
अप्रेन्टिशिप तालिमका विषय विज्ञ जोहान्न् पिटर पोर्टनले कार्याशाला गोष्ठीको सहजिकरण गरेका थिए ।

हेल्भेटास नेपाल अन्तर्गत रोजगार कोष सचिवालयको तर्फबाट ज्योति खत्रीले उद्योगधन्दा संगको समन्वयमा संचालन गरिएको छाला उत्पादन सम्बन्धी अप्रेन्टिशिप तालीमको अनुभवबारे प्रस्तुतिकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL