Logo

सिटिजन्स बैंक र पुनर्निर्माण प्राधिकरणवीच सम्झौता,निजी घर पुनर्निर्माणमा बैंकले सहयोग गर्ने

सिटिजन्स बैंक र पुनर्निर्माण प्राधिकरणवीच सम्झौता,निजी घर पुनर्निर्माणमा बैंकले सहयोग गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणवीच भूकम्पबाट क्षति भएका निजी आवास पुनर्निर्माणका लागि अनुदान रकम वितरण गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पठाएको लाभगा्रहीहरुको खाता खोलि वितरण प्रक्रियामा निजी आवास पुनर्निर्माणमा नेपाल सरकारलाई सो वितरणमा सहयोग पु¥याउने बैंकको लक्ष्य रहेको बताइएको छ ।

भूकम्प प्रभावित दोलखा जिल्लाको भिमेश्वर नगरपालिका, काभ्रेको बनेपा नगरपालिका र मकवानपुरको हेटांैडामा रहेका यस बैंकका शाखा कार्यलयहरु बाट लाभगा्रहीहरुले सेवा पाउन सक्ने बताइएको छ  ।

निजी आवास पुनर्निर्माण अनुदानको लागि लाभगा्रहीहरुले निजी आवास अनुदान वितरण सम्बन्धी कार्यविधि परिपालन गर्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL