Logo

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार



काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख आठ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यसैगरी आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL