Logo

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक, बजेट र भारत भ्रमणबारे छलफल हुने

प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रिपरिषदको बैठक, बजेट र भारत भ्रमणबारे छलफल हुने



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज (आइतबार) विहान १० बजेका लागि सिंहदरबारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

साताकोे मंगलबार मन्त्रिपरिषदको नियमति बैठक बस्दै आएपछि प्रधानमन्त्री प्रचण्डले आज आकस्मिक बैठक बोलाएका हुन् । मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण, बजेट लगायका विषयमा छलफल हुने छ ।

प्रधानमन्त्री प्रचण्डले यही जेठ १७ देखि २० सम्म औपचारिक भारत भ्रमण गर्दै छ्न । यस्तै जेठ १५ गते आर्थिक वर्ष २०८० ८१ को बजेट आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL