Logo

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित



काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । शनिबार राति प्रतिनिधिसभाको बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

यसअघि आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रममाथि सांसदहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए । राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गतेदेखि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL