काठमाडौं । नेपाल चेम्वर अफ कमर्सका पदाधिकारी र नेपालका लागि गणतन्त्र चेकका राजदुत मिलन होभोरकारवीच विहीवार चेम्बर कार्यलयमा भेटघाट भएको छ । सो अवसरमा चेम्वरमा अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल र गणतन्त्र चेकवीचको व्यापार तथा लगानी अभिवृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्न राजदूत होभोरकालाई आग्रह गरे ।
अध्यक्ष श्रेष्ठले नवनियुक्त राजदूतको सफल कार्यकालको शुभकामना दिँदै दुई देश विचको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण विकास हुने विश्वास समेत व्यक्त गरे ।
साथै गतवर्षको विनाशकारी भूकम्प पश्चात पुर्नस्थापना र पुर्ननिर्माणका लागि नेपालमा पूजीं र प्रविधिको आवश्यकता रहेकोले पूजीं र प्रविधि लगानी गर्न अनुरोध गरे ।
उनले नेपालबाट निर्यात हुने बस्तुहरुको प्रवद्र्धनमा समेत महामहिमज्यूको रचनात्मक सहयोगको अपेक्षा गरिएको बताए ।
अध्यक्ष श्रेष्ठले नेपाल चेम्वर अफ कमर्सले सेप्टेम्वर २३ देखि २७ गते २०१६मा आयोजना गर्ने नेपाल चेम्वर एक्सपोमा सहभागी हुन समेत राजदूतलाई आग्रह गरे ।
भेटघाटमा राजदूतले दुई देश विचको आर्थिक–सामाजिक विकासमा आफूले सक्दो प्रयास गर्ने बताउंदै नेपालमा व्यापार, लगानी, पर्यटन बैकल्पिक उर्जालगायत प्रविधि प्रवद्र्धनमा गणतन्त्र चेकका निजी क्षेत्र नेपालमा लगानी गर्न इच्छुक रहेको जानकारी दिए ।
राजदूतले दुई देशवीचको आर्थिक सामाजिक सम्वन्ध विस्तारमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा उच्चस्तरीय भ्रमण प्रतिनिधिमण्डलमा निजी क्षेत्रको सहभागिता बढाउनपर्नेमा जोड दिए । साथै विद्यार्थी आदान प्रदान गर्न तथा मेला तथा प्रदर्शनीमा सहभागिता बढाउनु पर्नेमा जोड दिए ।
भेटघाट कार्यक्रममा चेम्वरका द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिवकमलेश कुमार अग्रवाल, सचिव सन्तोष कुमार पाण्डे, कार्यसमिति सदस्य नरेश श्रेष्ठ र निरज राईको उपस्थिती रहेको थियो ।