Logo

अडान महाधिवेशनको तयारी पुरा, एक व्यक्ति एक पेशाको व्यवस्था हटाउन माग

अडान महाधिवेशनको तयारी पुरा, एक व्यक्ति एक पेशाको व्यवस्था हटाउन माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान)ले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स ऐन र आइक्यानमा रजिष्टर्ड अडिटर्स (आरए)हरुप्रतिको सबै विभेद हटाउनका माग गरेको छ । साथै, लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) लाई सम्पूर्ण लेखाव्यवसायी र आरएहरुको हितमा क्रियाशिल बनाउनु पर्ने उनहरुको माग छ ।

अडानको ‘राष्ट्रिय समृद्धि र सुशासन साझा अभियान, पेशागत हकहित र क्षमता अभिवृद्धि हाम्रो अडान’ भन्ने मूलनाराका साथ हुन लागेको चौथो राष्ट्रिय महाधिवेशनमा एक व्यक्ति एक पेशा नीति तत्काललाई लागु नगर्न आग्रह गरेको छ छ । साथै, लेखापरीक्षण रकमसीमा समयानुकुल वृद्धि, सरल वर्गवृद्धि, क्षमतावान आरएहरुलाई चार्टर्ड एकाउण्टेन्सी (सिए) प्रवेश, क्षमता एवम् गुणस्तरीयता अभिवृद्धि जस्ता मागहरु अघि सारेका छन् । आइक्यान परिषदमा आरएहरुको संख्या र भूमिकालाई समेत बृद्धि गरिनुपर्ने उनीहरुको माग छ ।

हाल अडानले मुलुकभर ८ हजारको हाराहारीमा रहेका लेखापरीक्षकहरुलाई संगठित गरी उनीहरुको हकहितको प्रवद्र्धन र क्षमता अभिवृद्धिका लागि काम गर्दै आएको छ । अडानको ६५ जिल्लामा संगठन विस्तार गरी शसक्त रुपमा काम गर्दै आएको छ ।

शुक्रबारदेखि शुरु हुने उक्त महाधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सो महाधिवेशन ३ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL