काठमाडौं । बिगत ४–५ बर्ष देखि ओरालो लागेको नेपाल दुग्ध बिकास संस्थान अहिले बेहाल स्थितिमा पुगेको छ। पूर्ण सरकारी स्वामित्वको यो संस्थान पूर्वाधार, श्रोत , साधन, सम्पर्कको दृष्टिमा सबल र सक्षम छ तथापि फोहोरी राजनीतिको कारणले हाल आएर संस्थानको अधोगति चरम बिन्दुमा पुगेको देखिन्छ।
यति मजबुत संरचना र सामर्थ्य भएको संस्थानमा अहिले दैनिक आबस्यकताका आधारभूत दुग्ध उत्पादन समेत उपलब्ध छैनन्। संस्थानका बिक्रि कक्षहरु प्राय खालि देखिन्छन, ति बिक्रि कक्षहरुमा न त दुध, न घिउ न अरु दुग्ध सामग्री पाईन्छन। कर्मचारीहरु ब्यबस्थापनको चरम लापरबाहीका कारण लाचार देखिन्छन। हरेक पटक बदलिने सरकार र मन्त्रि पछि उनीहरुको स्वार्थ अनुरुप अयोग्य र असक्षम व्यक्ति नियुक्ति हुनाले संस्थान धराशायी बन्न पुगेको छ। पछिल्लो पटक संजय झालाई जनरल म्यानेजरका रुपमा नियुक्त गरेपछि त संस्थान नै खारेजी तर्फ जान लागेको कुरा कर्मचारी बर्गमा ब्यापक चर्चाको बिषय बनेको सुनिन्छ।
कृषि प्रधान देशको यो हालत उदेक लाग्दो मात्रै होइन लाजमर्दो भएको छ। दुखको कुरा त के भने, यहि संस्थानबाट निवृत्त भएका कर्मचारीहरु र बहाल वाला समेतको लगानी र सेएरमा संचालित दुग्ध संकलन र बितरण गर्ने नयां नीजि कम्पनीहरु स्थापना भै ति कम्पनीहरुको बिक्रि दिनानुदिन बढ्दै गएको बताईन्छ ।
संस्थानका माथिल्ला कर्मचारी र राजनैतिक नेताहरुको मिलिभगतमा नेपाल दुग्ध बिकास संस्थान डुबाउने गंभीर साजिस भएको कुरा ब्यापक आशंकाको बिषय बनेको छ। दुग्ध बिकास संस्थानको अहिलेको चरम अकर्मण्यता, बेथिति, र लापरबाही हेर्दा ठुलै साजिस र चलखेल भैराखेको कुरा नजरअन्दाज गर्न सकिन्न।
नेपाल सरकारले तत्काल एउटा कमिसन गठन गरि संस्थानमा देखिएको सुस्तता, बेथितिको अध्ययन गरि ब्यापक सुधारतर्फ कदम चाल्नु जरुरि छ। योग्य कार्यकारी प्रमुख नियुक्त हुंदा राम्रो प्रगति र सुधार भएका उदाहरण मनन गरेमा दुग्ध बिकास संस्थानलाई नेपालको एक अब्बल कम्पनीका रुपमा बिकशित गर्न सकिनेमा कुनै दुबिधा छैन। –रमन ढकालको फेसबुकबाट