Logo

बझाङ केन्द्रविन्दु भएर भूकम्प, छिमेकी जिल्लासम्म भूकम्पको धक्का महसुस

बझाङ केन्द्रविन्दु भएर भूकम्प, छिमेकी जिल्लासम्म भूकम्पको धक्का महसुस



काठमाडौं। बझाङमा भूकम्प गएको छ । बुधबार बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बझाङको दौलीचौर आसपास केन्द्रविन्दु भएर ४।५ म्याग्निच्युडको भूकम्प गएको हो ।

बाजुरा र छिमेकी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । यसअघि सोमबार साँझ मात्र बाजुरा जिल्लाको बिछिया केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL