Logo

मन्त्रिपरिषदले पायो पुर्णता, जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त

मन्त्रिपरिषदले पायो पुर्णता, जसपाबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त



काठमाडौं । मंगलबार सरकारले पुर्णता पाएको छ । पटकपटक मन्त्रिपरिषद विस्तार गरिरहँदा पनि पुर्णता नपाएको मन्त्रिपरिषदले अब भने पुर्णता पाएको हो । मंग्लबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेपछि मन्त्रिपरिषदले पुर्णता पाएको हो ।

जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । अब प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्