Logo

यसरी मनाइयो ‘दूध दिवस’, पत्रकार पोखरेल सम्मानित

यसरी मनाइयो ‘दूध दिवस’, पत्रकार पोखरेल सम्मानित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘नियमित दूध सेवन, स्वस्थ र समृद्ध जीवन’ भन्ने नाराका साथ विश्व दूध दिवस मनाइएको छ । दूध तथा दुग्धजन्य पदार्थ उपभोगमा सबैको पहुँच पु¥याउने उद्देश्यका साथ राष्ट्रिय दुग्ध विकास बोर्डले एक कार्यक्रम आयोजना गरि दूध दिवस मनाएको हो ।

सो अवसरमा  सम्वन्धित क्षेत्रका विज्ञ, किसान र पशु सहकारी गरी दर्जनौं सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा धुम्वाराही डेरीका प्रलाद दहाल, आधुनिक डेरी प्रोडक्स प्रालि बालाजुका पूर्णबहादुर थापा, एकीकृत दुग्ध विकास तथा कृषि उत्पादन प्रालि पनौती कृष्णकुमार राठी रहेका छन् । त्यस्तै लुम्विनी एग्रो पोडक्टस एण्ड रिसर्च सेन्टर रुपन्देहीका शशिधर पौडेल, औराहा पशुपालन कृषि सहकारी संघ वारा र कलाकार सीता केसी रहेका छन् ।

डेरी विज्ञतर्फबाट नेपाल दुग्ध विकास संस्थानका पूर्व महाप्रन्धक टेकबहादुर थापा र सञ्चार क्षेत्रबाट हिमालय टाइम्सका लेखनाथ पोखरेल सम्मानित भएका छन् ।

त्यस्तै व्यावसायिक गाईपालनतर्फ सुनसरीस्थित गोरखा गौशाला तथा कृषि उपज प्रालिका सन्तोष आचार्य प्रथम, रुपन्देहीस्थित उमादेबी पशु विकास फार्मका यज्ञमूर्ति खनाल द्धितिय, नवलपरासीस्थित सोसाइटी फार्म हाउस एण्ड रिसर्च सेन्टर प्रालिका गोपाल पाण्डेले तृतिय पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै दूध दिवसको अवसरमा आयोजित उपत्याकाव्यापी विद्यालय कविता प्रतियोगितामा काठमाडौं विशालनगरस्थित सेन्टजर्स इन्टरनेशनल स्कुलका आयुस पौडेल प्रथम भएका छन् ।

सो अवसरमा पशुपंक्षी विकासमन्त्री शान्ता मानवीले दुध तथा दुग्धजन्य उत्पादनमा पशुपालन क्षेत्रले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै पशुप्रति पनि सम्मान प्रकट गर्नुपर्ने बताइन् ।

राष्ट्रिय दुग्ध विकास वोर्डका कार्यकारी निर्देशक कैलाश प्रसाद ढुंगेलले पशुपालन क्षेत्रका लागि सरकारले आगामी आर्थिक वर्षका लागि न्यून बजेट विनियोजन गरेको भन्दै असन्तुष्टी व्यक्त गरेका थिए । घोषणाले मात्रै दुध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुन नसक्ने भएकोले परिणामुखी कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गरिनुपर्ने उनको भनाइ छ ।
विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्