Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । गएको शुक्रबार प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । गएको शुक्रबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्