Logo

संसदमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल : एमालेले प्रतिवाद गर्ने, ओलीको सम्बोधन आजै

संसदमा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल : एमालेले प्रतिवाद गर्ने, ओलीको सम्बोधन आजै



काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल शुरु हुँदैछ । नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले धारणा राख्ने भएका छन् ।

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा छलफलका क्रममा अध्यक्ष ओलीले बोल्ने बताए । उनले भने, ‘हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नु हुन्छ । समसामयिक विषयमा पनि बोल्नु होला ।’ शनिबार बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आइतबारको बैठकको प्रारम्भमा नै आफूले नीति तथा कार्यक्रममाथि धारणा राख्ने बताएका थिए ।

‘हिजो प्रस्तुत भएको र भोलिबाट छलफल सुरु हुने नीति तथा कार्यक्रमको बारेमा संसद बैठकको प्रारम्भमा नै मैले धारणा राख्नेछु,’ ओलीले शनिबार बसेको संसदीय दलको बैठकमा भनेका थिए । एमाले संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिने निष्कर्ष निकालेको थियो ।

सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान अध्यक्ष एव् संसदीय दलका नेता ओलीले बैठकमा राखेका थिए । उनले सरकारको नीति तथा कार्यक्रम शब्दको पुलिन्दा मात्र नभएको आरोप लगाएका थिए । आज संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL