Logo

तलब-ज्याला स्वचालित प्रणालीमा लैजाने सरकारको घोषणा

तलब-ज्याला स्वचालित प्रणालीमा लैजाने सरकारको घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि श्रमिकहरुको तलब तथा ज्याला वृद्धिलाई स्वचालित प्रणालीमा लैजाने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८/र८१ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको सरकारले आगामी वर्षदेखि सरकारी तथा निजी क्षेत्रका श्रमिकहरुको जीवनयापन धान्न सक्ने गरी तलब तथा ज्यालाई स्वचालित प्रणालीमा लैजाने जनाएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा म र श्रमिकको कदर हुनेगरी स्वचालित ज्लाला बढ्ने प्रणाली लागू गर्न लागेको उल्लेख छ । ‘न्युनतम पारिश्रमिक एवं कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न श्रमिकहरुको न्युनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्नेगरी स्वचालित ज्याला प्रणालीलाई लागू गरिनेछ,’ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL