Logo

अब बैंक खातादेखि लाइसेन्स बनाउदासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य

अब बैंक खातादेखि लाइसेन्स बनाउदासम्म राष्ट्रिय परिचयपत्र अनिवार्य



काठमाडौं । सरकारले अब राष्ट्रिय परिचय पत्र हरेक क्षेत्रमा आवश्यक हुने नीति लिने भएको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैंक खाता खोल्न, लाइसेन्स बनाउनलगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने घोषणा गरेका हुन् । यस्तै उनले अब यो बनाउन थप कसिलो व्यवस्था गर्नेसमेत घोषणा गरेका छन् ।

नीति तथा कार्यक्रममा बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा र स्थायी लेखा नम्बर लिंदा अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र नम्बर चाहिने व्यवस्था गर्ने उल्लेख छ । यो कार्य आगामी तीन वर्ष भित्र लागु हुने बताईएको छ ।

नागरिकको जैविक विवरण एक पटक मात्रै लिने पनि सरकारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL