Logo

पीडितलाई पुनर्निर्माणको अनुदान दिन निर्देशन, १५ दिनभित्र प्रगति विवरण पेस गर्नुपर्ने

पीडितलाई पुनर्निर्माणको अनुदान दिन निर्देशन, १५ दिनभित्र प्रगति विवरण पेस गर्नुपर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका–संसद विकास समितिले भूकम्प प्रभावित वास्तविक पीडित व्यक्तिहरुको पुनःछानविन गरी सूचिमा समावेश गर्ने कार्य तत्काल अगाडि बढाउन एवं वास्तविक पीडितले पुनर्निर्माणको अनुदान सहज रुपमा पाउने व्यवस्था मिलाउन राष्ट्रिय पुनर्निमार्ण प्राधिकारणलाई निर्देश दिएको छ ।

समितिको बुधवार बसेको बैठकले जिल्लाहरुमा सर्वेक्षण गर्दा वास्ताविक पीडितहरु छनौट सूचिमा नपरेको व्यापक जनगुनासो आएकोले भन्दै छुटेका वास्तविक पीडितलाई अनुदानको व्यवस्था गर्न निर्दिष्ट गरेको हो । साथै अनुदान सम्झौता एवं वैंकबाट रकम उपलब्ध गराउने कार्य समेत सहज, सरल र कम खर्चिलो ढंगबाट उपलब्ध गराउने व्यवस्था प्रभावकारिताका साथ तत्काल मिलाउन समिति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

समितिले विगतमा पटक–पटक बैठक बसी भूकम्प प्रभावित जिल्लाका गाविस सचिवहरुको पूर्ति अनिवार्य गर्न निर्देशन गरपनि कतिपय क्षेत्रमा अहिलेसम्म पूर्ति नभएको भन्दै ध्यानकार्षण भएको हो । भूकम्प प्रभावित जिल्लामा गाविस सचिवलगायत कर्मचारीहरुको अभाव हुन दिई गाविस सचिव नभएका स्थानहरुमा प्राविधिक कर्मचारीबाट भूकम्पपछिको पुनर्निर्माण कार्य प्रभावकारी तथा छिटो छरितो गर्न आदेश दिएको छ ।

साथै भूकम्पमा परेका घरहरु सोही ठाउँमा निर्माण गर्न नमिल्ने र अन्यत्र जग्गा पनि नभएका भूकम्पपीडित नागरिकहरुको लागि जग्गा उपलब्ध गराउन समिति नेपाल सरकार, गृह मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन गर्दछ ।

क्षतिग्रस्त विद्यालयको विवरण यकिन गरी ठोस कार्यतालिका र कार्ययोजना बनाएर प्राथमिकताको आधारमा विद्यालयको निर्माण कार्य तत्काल प्रारम्भ गर्न तथा यसका लागि वजेटको अभाव हुन नदिन समिति अर्थ मन्त्रालय, शिक्षामन्त्रालय एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देश गरेको छ । समितिका सदस्यहरुद्वारा भूकम्प प्रभावित क्षेत्रमा प्राधिकरणबाट सम्पन्न भइरहेका काम कारवाहिहरुको स्थलगत अवलोकन गर्न प्राधिकरणले आवश्यक व्यवस्था मिलाई सो सम्बन्धमा जानकारी समितिमा जानकारी गराउन समेत निर्देशन दिएको छ ।

भूकम्प प्रभावित जिल्लाहरुमा भइरहेको कार्य एवं प्रगतिका सम्बन्धमा समितिका सदस्यहरुले थाहा पाउने र आवश्यक सहयोग एवं समन्वयका लागि प्राधिकरणबाट भएका कार्यप्रगतिको विवरण १५÷१५ दिनमा यस समितिमा पठाइदिने व्यवस्था हुन समिति राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देश गर्दछ ।

प्रतिक्रिया दिनुहोस्