Logo

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिने, प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने

नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभिने, प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने



काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभ्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।

सरकारले प्रेस काउन्सिलाई सञ्चार मिडिया काउन्सिल बनाउने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस काउन्सिलाई सञ्चार क्षेत्रको अनुगमन गर्ने बलियो संचनाका रुपमा विकास गर्न नयाँ कानुनमार्फत् मिडिया काउन्सिल बनाउने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL