Logo

सरकारको घोषणा-पूर्व तयारी भएका आयोजनालाई मात्र बजेट छुट्याइने

सरकारको घोषणा-पूर्व तयारी भएका आयोजनालाई मात्र बजेट छुट्याइने



काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्षमा तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने भएको छ । तयारी बिनै ठेक्का गर्दा आयोजना निर्माणमा ढिलाइ हुन थालेपछि सरकारले पूर्व तयारी पूरा भएको आयोजनालाई मात्र नीति तथा कार्यक्रममार्फत बजेट दिने निर्णय गरेको हो ।

शुक्रबार आर्थिक वर्ष ०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाको कार्यान्वयनमा प्राथमिकता दिइने बताए ।

‘आयोजना वर्गीकरण निर्देशिक बमोजिम तीन तहमा सञ्चालन हुने आयोजनाको वर्गीकरण गरी बजेट व्यवस्था गरिने छ,’ पौडेलले भने, ‘मध्यमकालीन खर्च संरचना र परियोजना बैंकलाई तीनै तहमा संस्थागत गरिने छ ।’ विकास आयोजनाहरूको अनुगमन तथा मूल्यांकनलाई नतिजामूलक बनाइने पौडेलले बातए ।

प्रतिक्रिया दिनुहोस्
MBL